नेपालगन्जको त्रिभुवनचोकमा तिहार पसल, जताजतै फूलैफूल (फोटोहरु)
नेपालगन्ज – नेपालगन्जको त्रिभुवनचोकस्थित सडक बिचमा लागेको तिहार विशेष पसलमा फूल र मालाको कारोबार बढी देखिएको छ ।
सडकको पेटीमा राखेर फूल र माला बिक्री गरिएको छ । सडक बिचको पसलमा पनि फूल र माला बढी राखिएको छ ।
तिहार शुरु भएसंगै लागेको पसलमा चाप पनि बढेको छ । तिहारका सामान किन्नेको भीडभाड रहेको छ । सयपत्री फूल एक सय पचास रुपैया किलोमा बिक्री भइरहेको छ । माला सयको चार वटासम्म दिइएको छ ।
नेपालगन्जको त्रिभुवनचोकको बिच सडकमा चाडबाडमा विशेष पसल राख्ने गरिन्छ ।