दसैं विदामा मुख्यमन्त्रीले सरकारी गाडीको प्रयाेग नगर्ने


नेपालगन्ज – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दसैं विदाभरी सरकारी सवारीसाधन प्रयाेग नगर्ने हुनु भएको छ । गृह जिल्ला अर्घाखाँची पुग्नु भएका आचार्यले दसैं विदाभरी सरकारी सवारीसाधन प्रयाेग नगर्ने हुनु भएको हाे ।

निजी सवारीसाधन प्रयाेग गरेर जिल्ला तहका भेटघाटमा पुग्न थाल्नु भएको मुख्यमन्त्रीकाे निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री सवार बा १ झ ७८९० नम्बरकाे गाडी नचढेर मुख्यमन्त्री आचार्य बा १६ च ३८४३ नम्बरकाे निजी सवारीसाधन चढ्नु भएको हाे ।

यस्तै मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयाेग हुने सरकारी लु १ झ ४९८ नम्बरकाे गाडी दसैं विदाभरीका लागि फिर्ता गर्नु भएको छ । स्कटिङ्गमा प्रयाेग हुँदै आएकाे सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको छ । सुशासन कायम गर्न मुख्यमन्त्रीले दसैं विदामा सरकारी गाडी नचढ्ने निर्णयले जनस्तरमा राम्रो सन्देश सन्देश गएको छ ।


error: यो सुविधा उपलब्ध छैन !