बस पल्टिदा दुईकाे मृत्यु, २८ जना घाइते


नेपालगन्ज – बांकेकाे गनापुरमा बस पल्टिदा दुई जनाकाे मृत्यु भएकाे छ ।
दाङबाट नेपालगन्ज अाउदै गरेकाे भे १ ख २१२८ नम्बरकाे बस गनापुरमा दुर्घटनामा परेकाे हाे । पट्टा भांच्चिएर बस दुर्घटनामा परेकाे बुझिएकाे छ ।
दुर्घटनामा बसका सहचालक सन्ताेष भुसाल र यात्रु मानबहादुर वलीकाे मृत्यु भएकाे बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले जानकारी दिए । उनका अनुसार, २१ जना घाइतेकाे नेपालगन्जकाे भेरी अस्पतालमा, दुई जनाकाे नर्सिङहाेम र पांच जनाकाे काेहलपुर मेडिकल कलेजमा उपचार भइरहेकाे छ । प्रहरीले बसका चालक खिमबहादुर मल्ललाई नियन्त्रणमा लिएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !