३४ ताेला सुन, साढे १० किलाे चाँदीसहित चार जना पक्राउ


नेपालगन्ज – बांके प्रहरीले ठूलाे मात्रामा सुन, चाँदी बरामद गरेकाे छ ।
नेपालगन्जका एक जना कालिगढले अवैध रुपमा जम्मा गरेर बिक्री गरिरहेकाे सुन प्रहरीले बरामद गरेकाे बताइएकाे छ ।
बर्दियाका एक जना सुन पसलेले गाडीमा अाएर केही सुन किनेर लैजादैथिए । उनलाई बाटाेमा प्रहरीले केरकार गर्याे । ती व्यापारीले नेपालगन्जबाट किनेकाे बताए । प्रहरी टाेली बिक्री गर्ने कालिगढकाेमा पुग्दा उनी भागे । प्रहरीले कालिगढकाे पसलमा रहेकाे थप सुन र चाँदी पनि बरामद गरेकाे छ ।
प्रहरीले ३४ ताेला सुन, साढे १० किलाे चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिएकाे छ । सुन, चाँदी बिक्री गर्ने कालिगढ फरार छन् । बरामद सुन र चाँदी अवैध रहेकाे प्रहरीकाे भनाई छ । यस विषयमा प्रहरीले केहीबेरमा जानकारी दिने बताएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !