हनुमान चालिसा तथा साधना शिविर
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा–८ स्थित माताश्री महाकाली मन्दिरमा शनिबारदेखि श्री हनुमान चालिसा पाठ महोत्सव तथा साधना शिविर सञ्चालन भएको छ ।
महोत्सवको कलश यात्राबाट शुभारम्भ गरिएको छ । माताश्री महाकाली मन्दिरदेखि निकालिएको कलश यात्रा नगर परिक्रमापछि कथास्थलमा पुगेर धार्मिक कायर्बक्रम शुरूवात भएको थियो ।
महोत्सवअन्तर्गत सामुहिक रुद्राभिषेक ६ देखि २० गतेसम्म, ७ गते माता महाकालीको भव्य श्रृंगार, ११ गते अखण्ड रामायण पाठ, १५ गते महाआरती, २१ गते लक्ष्य दीपदान र २२ गते मंगलबार दिउँसो १ बजे महाप्रसाद एवं भजनकीर्तन सहित समापन हुने आयोजक हलचल फाउन्डेसनले जनाएको छ ।