बांकेबाट २१ जना छानिए

नेपालगञ्ज – साफ यु-१६ का लागि बांकेबाट २१ जना फुटबल खेलाडी छनाैट गरिएकाे छ ।

जिल्लाकाे तीन ठाउँ नेपालगञ्ज, काेहलपुर र खजुराबाट पहिलाे चरणमा छनाैट भएका १ सय ५० जनामध्येबाट २१ जना अन्तिम छनाैटमा परेकाे प्रशिक्षक युवराज शाहीले जानकारी दिनु भयाे ।

अहिले छानिएका २१ जना अाफ्नै खर्चमा दाङमा हुने प्रदेश छनाैटमा जानेछन् । प्रदेशबाट छानिएपछि राष्ट्रिय टीममा पर्न  फेरि देशभरबाट अाएकासंग प्रतिस्पर्धा गर्नुपर्छ ।


error: यो सुविधा उपलब्ध छैन !