भारतीय गाडी प्रयोग गरेर जुलुश प्रदर्शन

नेपालगञ्ज – बाँके क्षेत्र नं. २ का उम्मेदवार इरफान अहमद शेषले भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरेर चुनावी प्रदर्शन गरेका छन् ।

जनमत पार्टीका नेता शेषले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । किसान मजदुरको उपस्थितिमा शेषले भारतीय गाडीको प्रयोग गरेर नेपालगञ्जमा चुनावी प्रदर्शन गरेका हुन् ।

जेसीभीको अगाडि उभिएर प्रदर्शनमा सहभागी भएका उम्मेदवार शेषले आफ्नो ब्यानर र झण्डा प्रत्येक गाडीमा राखेका थिए । २० बढी भारतीय कार प्रयोग गरेका उम्मेदवार शेषले नेपालगञ्ज बजारमा गाडीको प्रदर्शन नै गरे ।

जनमत पार्टीबाट बाबु खाँले टिकट पाएका छन् । पार्टी मूलधारमा नआएका बेलामा प्रहरी प्रशासनबाट धरपकड हुँदा कार्यकर्तालाई गोलबद्ध गरेका शेषले अन्तिम टिकट नपाएपछि रुष्ट बनेका छन् ।

शेषले निर्वाचन आयोगलाई चुनौती दिदै भारतीय गाडीको लस्कर लगाइदिएका छन् ।

हरेक चुनावमा स्थानीय प्रशासनलाई भारतीय गाडीको प्रयोगलाई नियन्त्रण गर्न आग्रह गर्ने गरिन्छ । प्रायः उम्मेदवारले सीमावर्ती गाउँतिर भारतीय नम्बर प्लेटका सवारी साधन चलाएपनि बजारमा कम गर्ने गर्दथे । स्वतन्त्र उम्मेदवार शेषले प्रचार प्रसार खुल्ला भएको तेस्रो दिन नै भारतीय गाडीको लस्करसहित शक्ति प्रदर्शन गरेर निर्वाचन आयोग, स्थानीय प्रहरी प्रशासनलाई चुनौती दिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !