धवल होइन गब्बर (शमशेर) !

नेपालगञ्ज – अमजद खान उर्फ गब्बर । फिल्म शोले । एक जमानाको सुपरहिट भारतीय चलचित्र । शोलेमा नामुद डाँकाको भूमिकामा देखिन्छन्, गब्बर । रामगढ त गब्बरदेखि थर्कामान नै हुन्छ । रामगढमा आमाले आफ्नो बच्चा रुँदा डर देखाउँदै भन्छिन्, ‘सोजा नैतो गब्बर आजाएगा ।’
अझ रामगढमा लुट्न जादा हिरोले लखेटेपछि भागेर आएका कालियासँगको गब्बरको सम्वाद पनि कम्ती रोचक छैन ।
गब्बर : कितने आद्मी थे ।
कालिया : सरकार, दो आद्मी थे ।
गब्बर : दो आद्मी । सुवर के बच्चो । ओ दो थे, और तुम तीन । फिर भी वापस आगए, खाली हात । क्या समझकर आय । के सरदार बहुत खुस होगा । स्याबासी देगा क्यू ? धिक्कार हे । अरे ओ, सम्बा, कितना इनाम राखे सरकार हमपर ?
सम्बा : पुरे पचास हजार ।
गब्बर : सुना । पुरे पचास हजार । और ए इनाम इस लिए हे । यहाँ से पचास पचास कोष दुर गाउँमे जब बच्चा रातमे रोता हे, वहा माँ कहेती हे बच्चा सोजा नैतो गब्बर आजाएगा ।
सन् १९७५ मा रमेश सिप्पीले निर्देशन गरेको यो फिल्म सुपरडुपरहिट भयो । अहिले पनि शोलेको डायलग जनजनको जिब्रोमा झुण्डिएको छ, विशेषगरी गब्बरको ।
सन् २०१५ मा गब्बर इज ब्याक भन्ने अक्षयकुमारको फिल्म आयो । गब्बर बनेर अक्षयकुमारले भ्रष्टाचारी, अनियमित गर्नेलाई छानीछानी मार्छन् । यो फिल्ममा भिलेनले भन्छन्, ‘रिसवत लिई तो गब्बर मारदेगा, नही लिइ तो मै मारदुंगा ।’
यी दुई फिल्ममा गब्बर नाम गरेका पात्र हुन्छन्, मुख्य भूमिकामा । नाम एउटै भएपनि शोलेका गब्बरले नराम्रो गर्छ, गब्बर इज ब्याकका गब्बरले राम्रो काम गर्छन् ।


कुरो यहाँ हाम्रा बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीले कुन फिल्मका गब्बरसँग नेपालगञ्जका मेयर डा. धवलशमशेर राणालाई दाँजे भन्ने नै हो । होइन, उहाँको आफ्नै परिभाषाको गब्बर पनि छन् कि ? मूल महन्त योगीले करमोहनावासीको आन्दोलनमा एक्यबद्धता जनाउदै प्रदर्शनमा पुगेर मेयर डा. राणालाई गब्बरशमशेरको उपाधि दिनुभयो । ‘धवल होइन, गब्बरशमशेर हो । जबदेखि गब्बरशमशेर बागेश्वरी मन्दिरको व्यवस्थापन समितिको अध्यक्ष भएर आयो, मलाई दुःख दिइरहेको छ ।’ अझ एक कदम अगाडि बढेर मूल महन्तले भन्नुभयो, ‘डाक्टर भन्छन् । पिएचडी पनि सक्कली हो कि नक्कली ?’
नेपालगञ्जका मेयर राणाले मूल महन्तलाई शीर निहुराएको देखिन्छ । हिन्दु राष्ट्रको वकालत गर्ने पार्टीको महामन्त्री भएकाले पनि हुन सक्छ, डा. राणाले महन्तलाई एकप्रकारले ढोग्नुहुन्छ । त्यही राणालाई शुक्रबार महन्तले गब्बरशमशेरको उपनाम दिनुभयो ।
बागेश्वरी मन्दिरको सम्पति, जग्गा जमिनको खोजबिन गर्नु नै मेयर राणाको अपराध भयो त ? सम्पति छानबिन गर्दा उहाँले पढेर पाएको डाक्टरको उपाधी पनि नक्कली भएको हो ? अब मेयर र मूल महन्तको झगडा सतहमा आएको हो ? नगरवासीले प्रश्न गर्न थालेका छन् ।
बागेश्वरी मन्दिरको ८४ विगाह जमिन फिर्ता ल्याउने सरकारले निर्णय गरेसँगै करमोहनाबासी आन्दोलनमा उत्रिरहदा मेयर र महन्तको तुष पनि बाहिर आएको छ । कार्यक्रममै महन्तले मेयरविरुद्ध आक्रोश पोख्न थाल्नु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !