दशैंको मुखमा नेपालगञ्जका व्यापारी आन्दोलनमा

नेपालगञ्ज – दशैंको मुखमा नेपालगञ्जका व्यापारीले आन्दोलन थालेका छन् ।

नेपालगञ्ज उद्योग बाणिज्य संघले बिहीबार पत्रकार सम्मेलन गरेर दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको हो । बैंकको चर्को ब्याजदर बृद्धि र कारोबारको २०-२५ प्रतिशतमात्र लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको व्यापारीले विरोध गरेका छन् । उनीहरुले अवैध सामान नियन्त्रणको माग राखेका छन् ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीका अनुसार, व्यापारीले शुक्रबार नेपाल राष्ट्र बैंक, नेपालगञ्जको कार्यालय अगाडि एक घण्टा धर्ना दिने एवं ज्ञापनपत्र बुझाउने गरिएको छ । अवैध आयात नियन्त्रण र स्वदेशमै किनमेलको प्रोत्साहन गर्न नेपालगञ्ज भन्सार कार्यालय, जमुनाहा नाकामा उपभोक्ता सचेतना एवं दबाबमूलक कार्यक्रम गरिदैछ ।

अध्यक्ष मन्सुरीले कारोबार घट्दै गइरहेको बेलामा बैंक ब्याज बढाउने, लगानी फिर्ता माग्ने, कारोबारको २०÷२५ प्रतिशतमात्र लगानी गर्ने नीतिले व्यापारी तनावमा परेको बताउनुभयो ।

महासचिव चिरञ्जीवी ओलीले सीमापारी मालामाल हुँदा वारी सुनसान हुने अवस्था आएकाले खुल्ला नाकालाई प्रत्सय दिने नीतिको विरोध गरिएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !