दुई जना फरार अभियुक्त पक्राउ
नेपालगञ्ज – बाँके प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, लेनदेन र बाल यौन दुरुपयोग मुद्दाका दुई जना पक्राउ परेका हुन् ।
खजुरा गाउँपालिका वडा नं. ५ का ५० वर्षीय तुल्सीराम खटिकलाई लेनदेन मुद्दामा पक्राउ गरिएको छ । जिल्ला अदालतले खटिकलाई ६ महिना कैद सजाय तोकेको छ ।
त्यस्तै, कोहलपुर नगरपालिका वडा नं. ११ का ३१ वर्षीय प्रकाश खत्रीलाई बाल यौन दुरुपयोग मुद्दामा पक्राउ गरिएको छ ।
खत्रीलाई जिल्ला अदालतले ९ महिना १४ दिनको सजाय तोकेको छ ।