शैक्षिक सामाग्री वितरण

नेपालगञ्ज – शक्ति समूहले २५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

विद्यालय छोडेका र छोड्न सक्ने विद्यार्थीलाई कपी, कलम, पोशाक, जुत्ता, मुजा, झोला सहयोग गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका ५ वटा विद्यालयका गरीव, विपन्न परिवारका २५ जना विद्यार्थीलाई शैक्षिक सहयोग गरेको शक्ति समूह, लुम्बिनी प्रदेश संयोजक निर्मला पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका महाशाखाका प्रमुख शोभा शाह, शिक्षा शाखाका अधिकृत लोकेन्द्र शाहीलगायतले विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभयो ।

हनुमान आधारभूत विद्यालय, जमुनाहा, आदर्श मावि, राँझा, कन्या मावि, सल्यानीबंगला, महेन्द्र मावि, भवानीयापुर र जगतज्योती मावि, बसुदेवपुरका विद्यार्थीलाई सहयोग गरिएको छ । यी ५ वटा विद्यालयलाई शक्ति समूहले दुई÷दुई वटा कम्प्यूटर दिने जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !