भैसी चराउन गएका थारुलाई बाघले खायो

नेपालगञ्ज – भैसी चराउन गएका झुठारी थारुलाई बाघले खाएको छ ।

बर्दिया मधुवन नगरपालिका वडा नं. २, अमरपुरका ६१ वर्षीय थारु आइतबार भैसी चराउन गएका थिए । राती घर नफर्किएपछि आज विहानैदेखि खोजतलास गरिएको थियो । विहान पौने ९ बजे थारुको दुई वटा खुट्टा, छाता र चप्पल भेटिएको थियो ।

घर नजिकको कुसमानिया सामुदायिक वनमा थारुको शरीरका अंग भेटिएको हो । त्यहाँ नजिक बाघको पाइला देखिएको स्थानीयले बताएका छन् ।

मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले थारुको बाघको आक्रमणबाट असामयिक निधन भएको बताउनुभयो ।
केही महिना मधुवनमै बाघले मान्छे खाएपछि स्थानीयले ठूलो आन्दोलन गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !