नाकामा एक लाखको कोभिड जाँच

नेपालगञ्ज – नेपालगञ्ज नाकामा भारतबाट आएका एक लाख मानिसको कोरोना जाँच भएको छ । २०७८ साउन १ गतेदेखि नाकामा हेल्थ डेस्क राखेर कोरोना जाँच थालिएको थियो ।

जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, एक लाख मानिसको जाँच गर्दा एक हजार ५ सय ६४ जनालाई कोरोना देखिएको छ ।

नेपालगञ्ज नाकामा भारतबाट आएका व्यक्तिको कोरोना जाँच हुन्छ । यो नाकामा मलेरिया र टिबीको पनि जाँच हुन्छ । यो अवधिमा २० हजार मानिसको मलेरिया जाँच गरिएको छ । त्यसमा तीन जनामा मात्रै मलेरिया देखिएको छ । एक हजार पाँच सय जनाको जाँच गर्दा १३ जनालाई टिबी देखिएको छ । चालु आर्थिक वर्षमा मलेरिया र टिबीका विरामी देखा परेका छैनन् ।

यसैबीच, आइतबार तीन जनालाई कोरोना देखिएको छ । २ सय ३५ जनाको जाँच गर्दा तीन जनालाई कोरोना देखिएको हो । नेपालगञ्ज नाकामा दैनिकजसो नै कोरोनाका संक्रमित देखा पर्ने गर्दछ । भारतका विभिन्न शहरबाट आउने नेपालीमा कोरोना देखिने गरेको हो । ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले दैनिक दुई जना तीन संक्रमित फेला पर्ने जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !