पत्रकारको निशुल्क मृगौला परीक्षण

नेपालगञ्ज – प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार स्व. पन्नालाल गुप्ताको ९४ औं जन्म जयन्तीको अवसरमा पत्रकारको निशुल्क मृगौला परीक्षण गरिएको छ ।

पन्नालाल गुप्ता प्रतिष्ठान र सेन्ट्रल सिटी हस्पिटल तथा किरण प्रभा यूरो केयर रिसर्च सेन्टर प्रालिको आयोजनामा पत्रकारको निशुल्क मृगौला परीक्षण गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष एवं स्व. गुप्ताका छोरा विजय गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरु हेमन्त कर्माचार्य, निरज गौतम, जे. पाण्डे, आरिफ अन्सारीलगायतले प्रेस स्वतन्त्रता सेनानी स्व. गुप्ताका बारेमा चर्चा गरेका थिए ।

बाँकेका ४४ जना पत्रकारले मृगौला जाँचेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !