माओवादीका निर्वाचित सदस्य एमालेमा प्रवेश

जानकी – बाँकेको जानकी गाउँपालिका वडा नं. २, बेलवाका माओवादीका दुई जना नेता एमालेमा प्रबेश गरेका छन् ।

बेलवामा आयोजित एमालेको घरदैलो कार्यक्रममा जानकी गाउँपालिका वडा नं. २ वाट २०७४ सालमा भएको निर्वाचनमा निर्वाचित वडा सदस्यद्वय जयराम काँदु र दिल प्यारी कादु एमालेमा प्रबेश गर्नु भएको हो ।

जानकी २ मा १५ बर्षदेखि निरन्तर माओवादीमा सक्रिय युवा नेता जयरामको पकड राम्रो रहेको बताइएको छ । यसअघि जानकीमा वडा सदस्य समेत रहेका रजनी शर्मा पनि एमालेमा प्रबेश गर्नुभएको छ ।


error: यो सुविधा उपलब्ध छैन !