प्रतिबद्धतासहित घरदैलोमा खत्री

खजुरा – बाँकेको खजुरा गाउँपालिका एमाले तर्फका वडा नम्बर २ का अध्यक्ष पदका उम्मेदवार समरबहादुर खत्री प्रतिबद्धतासहित घरदैलोमा निस्केका छन् ।

अध्यक्ष तथा सदस्य पदका उम्मेदवार आफ्ना समर्थकहरु सहित खत्री हरेक घरमा आफ्ना योजना तथा प्रतिवद्धता लिएर पुगेका हुन् ।
गाउँटोलदेखि बजार चोकसम्म घरदैलो अभियान सकिएको अध्यक्ष पदका उम्मेदवार खत्रीले बताउनुभयो । घरदैलो अभियानका क्रममा मतदाताले मिश्रित प्रतिक्रिया दिएको खत्रीले बताउनुभयो । जनताको अपेक्षा बढेको छ खत्रीले भन्नुभयो, जनताको अपेक्षा अनुसार हामिले प्रतिवद्धता पत्र बनाएरै घर घरमा पुगिरहेकोले समर्थन पनि सोही अनुसार प्राप्त भएको छ ।

एमालेलाई जनताले पहिले पनि विश्वास गरेकै हो र अहिले पनि जनताको साथ समर्थन उत्तिकै रहेको पाइएको एमाले खजुरा कमिटिका अध्यक्ष गेहेन्द्र धितालले बताउनुभयो । धितालले २०७४ सालमा भन्दा पनि यस पटक जनताको लहर एमाले प्रति बढेको विश्वास व्यक्त गर्नुभयो ।

गठबन्धनका तर्फबाट धनिराम वलीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । माओबादीका नेता गठबन्धनका उम्मेदवार धनिराम वली नेपालगञ्ज बस्ने र नेकपा एमालेका उम्मेदार खत्री सितापुर गाउँमै बस्ने भएकाले पनि खत्रीले जनताको मन जितेको स्थानीयवासी बताउँछन् ।

खजुरा गाउँपालिकाको वडा नम्बर २ मा अन्य वडाको भन्दा धेरै मतदाता संख्या रहेकाले पालिका अध्यक्षको लागि पनि उक्त वडाका जनताको मत विशेष रहने सम्बद्धहरु बताउँछन् ।


error: यो सुविधा उपलब्ध छैन !