नेपालगन्जका चार वटा हाेटलमा छापा, ४५ जना नियन्त्रणमा


नेपालगन्ज – नेपालगन्जका चार वटा हाेटल/रेष्टुरेन्टमा प्रहरीले छापा मारेकाे छ ।
बैश्याबृत्ति बढेकाे ठूलाे जनगुनासाे अाएपछि प्रहरीले छुट्टाछुट्टै टाेली बनाएर हाेटलमा छापा मारेकाे थियाे । त्यसक्रममा ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
प्रहरी अधिकारीका अनुसार, मिलन कटेज, भेरी-कर्णाली हाेटल, रिभरसाइड र दंगाली हाेटलमा छापा मार्दा ३१ जना महिला र १४ जना पुरुष नियन्त्रणमा लिइएकाे हाे । पुरुषमा धेरै भारतीय रहेका छन् ।
बाँकेमा नयाँ एसपीका रुपमा अंगुर जिसी अाएपछि ठूलाे रकमसहित जुवाडे, भारतबाट कुखुरालगायत अवैध सामान ल्याउनेलाई समातिएकाे छ । एसपी जिसीले जति दिन बस्छु, प्रत्येक दिन अन्तिम सम्झेर काम गर्ने उद्घाेष गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !