क्यान्सर पीडितलाई सहयाेग गर्न चिया अभियान


नेपालगन्ज – क्यान्सरबाट मृत्यु भएकी महिला विकास निरीक्षक विन्दु कुँवरकाे स्मृति काेठा बनाउन तथा क्यान्सर पीडितलाई सहयाेग गर्नका लागि नेपालगन्जमा चिया अभियान सुरु गर्ने तयारी गरिएकाे छ ।
विन्दु कुँवर फाउन्डेसन र बालक्लवका पूर्वसदस्यहरुले सञ्चालन गरेकाे सहयात्री नेपालले उक्त अभियान सुरु गर्न थालेका हुन् ।
´एक चिया, एक जीवन, एक परिवर्तन` भन्ने नाराका साथ सहयाेगका लागि चिया अभियान साउन ९ गते शुक्रबार नेपालगन्जकाे त्रिभुवनचाेकमा हुनेछ । त्यहाँ चियाकाे स्टल राखेर निशुल्क चिया खुवाइने छ भने चिया खान अाउने मनकारी, दयालु, मावन सेवीले क्यान्सर पीडितलाई सहयाेग गर्न सक्नेछन् ।
चिया अभियानबाट सहयाेग भएकाे रकमकाे ८० प्रतिशत निलसागर सेवा अाश्रमकाे भवन निर्माणमा सहयाेग गर्ने सहयात्री नेपालका काेषाध्यक्ष सल्मान सल्मानीले बताए । निलसागरकाे भवन बनेपछि एउटा काेठालाई विन्दु कुँवर स्मृति बनाइने छ । सहयाेगकाे २० प्रतिशत रकम क्यान्सर पीडितलाई सहयाेग गर्ने सहयात्री नेपालकी श्वेता गुरुङले जानकारी दिइन् ।
पत्रकार सम्मेलनमा सहभागी नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नवीन गिरीले अभियान नयाँ र राम्राे भएकाे बताए । विन्दु कुँवरकी छाेरी सम्विधा थापाकाे उपस्थिति रहेकाे कार्यक्रममा कुँवरकाे याेगदानकाे चर्चा गरिएकाे थियाे ।


error: यो सुविधा उपलब्ध छैन !