अन्तर विद्यालय पौडी प्रतियोगितामा ११ विधामा प्रतिस्पर्धा
नेपालगन्ज – पूर्व खेलाडी समाज, बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ को सहयोगमा “प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता–२०८२” शनिबार नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा सम्पन्न भएको छ।
प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले गरे । प्रतियोगिताको २५ मिटर फ्रीस्टाइल (ब्वाइज अन्डर–८) तर्फ युभान श्रेष्ठ प्रथम, दिप्शन पुन मगर द्वितीय र रियान जोशी तृतीय भए।
गर्ल्स अन्डर–८ तर्फ समृद्धि न्यौपाने प्रथम, समिरा रास्कोटी द्वितीय तथा अंशु घिमिरे तृतीय भए।
२५ मिटर फ्रीस्टाइल (गर्ल्स अन्डर–१०) तर्फ नित्याश्री दहित प्रथम, कशिका गुरुङ द्वितीय र मेघना बिष्ट तृतीय भए।
ब्वाइज अन्डर–१० तर्फ संस्कार न्यौपाने प्रथम, सुमिक वाग्ले द्वितीय र निर्भिक न्यौपाने तृतीय भए।
५० मिटर फ्रीस्टाइल ब्वाइज अन्डर–१२ तर्फ सुसान्त बोहरा प्रथम, इभान्शु भट्टराई द्वितीय र युनिक खडका तृतीय भए।
५० मिटर फ्रीस्टाइल गर्ल्स अन्डर–१२ तर्फ जेनिशा बुढाथोकी प्रथम, आँचल शर्मा द्वितीय र इशिका जोशी तृतीय भइन्।
५० मिटर फ्रीस्टाइल गर्ल्स अन्डर–१४ तर्फ सकिरा रास्कोटी प्रथम, स्मिता गिरी द्वितीय र जिज्ञासा भुषाल तृतीय भइन् ।
ब्वाइज अन्डर–१४ तर्फ वसन्त थारु प्रथम, अनमोल केसी द्वितीय र प्रज्वल राना तृतीय भए।
५० मिटर फ्रीस्टाइल ब्वाइज अन्डर–१७ तर्फ अमित रावल प्रथम, अभियान श्रेष्ठ द्वितीय र विशेष सिंह तृतीय भए।
५० मिटर फ्रीस्टाइल मेन्स ४० प्लसतर्फ नेपालगन्जका डा. सगुन श्रेष्ठ प्रथम, डा. बिपीन आचार्य द्वितीय र कंचन बहादुर श्रेष्ठ तृतीय भए।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि मेयर बिष्टले विद्यालय तहदेखि पौडीजस्ता खेलकुदको प्रवर्द्धन गर्नु सकारात्मक कदम भएको उल्लेख गरे । उनले यस्ता प्रतियोगिताले बालबालिका तथा युवा माझ अनुशासन, आत्मविश्वास र खेलभावनाको विकास गराउने विश्वास व्यक्त गरे ।
पूर्व खेलाडी समाज, बाँकेको प्रयास सराहनीय भएको उल्लेख गर्दै नगरपालिकाको तर्फबाट यस्ता कार्यक्रमलाई निरन्तर साथ दिने प्रतिबद्धता जनाए ।
प्रतियोगितामा विभिन्न उमेर समूहका ११ विधामा १६ विद्यालयका ८६ जना छात्रछात्राहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा विजयी हुनेहरूलाई प्रमाणपत्र तथा पदक प्रदान गरिएको थियो।
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष सिद्दिकीले विद्यालयस्तरमै पौडी खेलको विकास र बालबालिकाको खेलप्रतिको रुचि अभिवृद्धि गर्ने लक्ष्य राखिएको जानकारी दिए ।