क्षेत्रीय सम्मेलन गर्दै काँग्रेस
नेपालगन्ज – नेपाली काँग्रेस, बाँके क्षेत्र नम्बर २ ले तेस्राे क्षेत्रीय सम्मेलनकाे तयारी थालेकाे छ ।
क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले जेठ २० गते नेपालगन्जमा तेस्राे क्षेत्रीय सम्मेलन गर्ने जानकारी दिए । सम्मेलनकाे पार्टी महासचिव गगन थापाले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।
सम्मेलनमा राजनीतिक, अार्थिक प्रतिवेदन प्रस्तुत हुने सचिव सुनिलसिंह हमालले बताए ।
कार्यक्रमका बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएकाे छ । साे अवसरमा पार्टीका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले नवीन काँग्रेस, बलियाे काँग्रेस बनाउने अभियानमा यस्ता सम्मेलन प्रभावकारी हुने बताए ।
पत्रकार सम्मेलनमा प्रदेशका पूर्वमन्त्री सुरेन्द्र हमाल, क्षेत्रीय सचिव प्रदीप शाहलगायतकाे उपस्थिति थियाे ।