पुलिस सेमिफाइनलमा
नेपालगन्ज – अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ । भारतको सिलिगुरी एफसीलाई ४–० ले हराउदै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेकाे छ ।पुलिसको जितमा निर्मला उपाध्यायले दुई तथा मिना देउवा र कप्तान निरु थापाले एक गोल गरेका छन् । खेलको १३औं मिनेटमै मिनाले पहिलो गोल गरिन् भने पाँच मिनेटपछि नै निर्मलाले पुलिसको लागि दोस्रो गोल गरिन् ।
भारतीय टोलीले २२औं र ३०औं मिनेटमा गाेल खायाे ।
दोस्रो हाफमा भने भारतीय टिम सिलिगुरीले सुधारिएको खेल खेलेको थियो । यद्यपी भारतीय टोलीले गोल गर्न भने सकेन ।
नेपालगन्ज रंगशालामा पुलिसले राष्ट्रिय टिमबाट खेलिसकेका गोलकिपर उषा नाथ, समीक्षा घिमिरे, अमृता जैशी, सुस्मा तामाङ र निरुलाई मैदान उतारेको थियो । खेलको प्लेयर अफ दि म्याच पुलिसकी स्ट्राइकर निर्मला घोषित भइन् ।
अब पुलिसले सेमिफाइनलमा वैशाख ९ गते अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मीले उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४–० ले हराउदै सेमिफाइनलको यात्रा तय गरिसकेकाे छ ।