लुम्बिनी कप महिला फुटबलमा आर्मीकाे बिजयी शुरुवात


नेपालगन्ज – नेपालगन्ज रंगशालामा सञ्चालन भएकाे लुम्बिनी कप महिला फुटबल प्रतियाेगितामा नेपाली सेनाकाे त्रिभुवन क्लवले विजयी शुरुवात गरेकाे छ ।
आर्मीले सुदूरपश्चिमलाई ४-० गाेलले पराजित गरेकाे हाे । आर्मीकाे जीतमा अनिता लम्जेलले दुई, हिमा चाैधरी र तुलसा बाेहराले एक/एक गाेल गरेका गिए । खेल सुरु भएकाे ५ मिनेटमै गाेल गरेर आर्मीले दबाब बढाएकाे थियाे ।
आर्मीकाे अगाडि सुदूरपश्चिमका खेलाडी शारीरिक रुपमा कमजाेर देखिएका थिए ।
नेपालकै ठूलाे धनराशीमध्येकाे लुम्बिनी कपकाे युवा तथा शिक्षा मन्त्री तेजुलाल चाैधरीले उद्घाटन गरेका थिए । साे अवसरमा चाैधरीले आगामी वर्ष लुम्बिनी कपलाई बजेट छुट्याइदिने प्रतिबद्धता गरे ।
५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशी रहेकाे प्रतियाेगितामा तीन विभागीयसहित बाँके, कर्णाली, राैतहट, सुदूरपश्चिम र भारतकाे सिलगुढीकाे टीम सहभागी रहेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !