चिटिक्क भयाे रंगशाला
नेपालगन्ज – लामाे समयपछि हुन थालेकाे अन्तरास्ट्रियस्तरकाे महिला फुटबल प्रतियाेगिताका लागि नेपालगन्ज रंगशालालाई चिटिक्क पारिएकाे छ ।
नियमित अभ्याससमेत नभइरहेकाे याे रंगशालामा बैशाख ५ गतेदेखि लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियाेगिता हुँदैछ ।
बाँके जिल्ला फुटबल संघकाे समन्वयमा अन्तरालले अायाेजना गरेकाे प्रतियाेगितामा तीन विभागीय टीमसहित अाठ वटा टीमले प्रतिस्पर्धा गर्दैछ । अन्तर्राष्ट्रियस्तरकाे प्रतियाेगिता अायाेजना गरिएकाले केही महिनादेखि नै रंगशालाकाे सजावट थालिएकाे थियाे । नियमित पानी हाल्दा घाँस उम्रिएर यतिबेला रंगशाला हरियाली बनेकाे छ । आठाै राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे बेलामा राेपिएकाे ४० लाखकाे बर्मुडा दुबाेकाे नामाेनिसान मेटिएपनि दैनिक स्याहार गर्दा स्थानीय दुबाे पलाएर रंगशाला राम्राे देखिएकाे छ ।
५ लाख ५ हजार ५ सय ५५ राशीकाे प्रतियाेगितामा त्रिभुवन आर्मी क्लव, नेपाल प्रहरी, एपीएफ, सुदूरपश्चिम, बाँके, कर्णाली, राैतहट र भारतकाे सिलिगुडी एफसी सहभागी रहेकाे अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिए ।
अाठाैपछि ठूलाे प्रतियाेगिता याे रंगशालामा अायाेजना गरिएकाले यहाँका फुटबलप्रेमी खुशी भएका छन् । सरसफाई र मर्मतमा उचित बजेट नअाउने भएकाले नेपालगन्ज रंगशाला जीर्ण बन्दै गएकाे जानकारहरु बताउँछन् ।