बाँकेका तीन क्याम्पसमा चुनाव, एउटामा स्थगित


नेपालगन्ज – बाँकेका तीन वटा क्याम्पसमा स्ववियुकाे मतदान सुरु भएकाे छ । एउटा क्याम्पसमा विवाद रहेकाले निर्वाचन हुन सकेकाे छैन
पुरानाे र पश्चिम नेपालकै चर्चित क्याम्पस महेन्द्र बुहुमुखी क्याम्पस, नेपालगन्जमा बिहानैदेखि मतदान सुरु गरिएकाे छ ।
चार हजार ६ सय ६० जना मतदाता रहेकाे याे क्याम्पसमा तीन ठूला पार्टीसम्वद्व विद्यार्थी संगठन एक्ला एक्लै चुनावमा हाेमिएका छन् ।
गएकाे चुनावमा अनेरास्ववियुले जितेकाे यहाँ अहिले अनेरास्ववियुकाे नेतृत्व केशरजंग शाह, नेविसंघबाट सन्ताेष रावल र क्रान्तिकारीकाे नेतृत्व हरेन्द्रबहादुर विकले गरेका छन् । तीन ठूला दलनिकट विद्यार्थी संगठन अा-अाफ्नै प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपालगन्जकाे नर्सिङ क्याम्पसमा पनि सरकारी गठबन्धन प्रतिस्पर्धामा उत्रिएका छन् । यहाँ २ सय ४२ जना मतदाता रहेका छन् ।
खजुराकाे ज्ञानाेदय पब्लिक बहुमुखी क्याम्पसमा सत्ताधारी ठूला दलकाे गठबन्धन बनेकाे छ । याे क्याम्पसमा २ सय १ जना मतदाता रहेका छन् ।
राप्तीसाेनारीकाे जनसिद्देश्वरमा चुनाव स्थगित भएकाे छ । ७६ जना मतदाता रहेकाे यहाँ १२ जना फर्जी विद्यार्थी हालेकाे नेविसंघ र अनेरास्ववियुकाे संयुक्त प्यानलले अाराेप लगाएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !