नेपालगन्जमा राष्ट्रवादीको प्रदर्शन, चैत्रमा काठमाडौं ठप्प पार्ने उद्घोष


नेपालगन्ज – हिन्दु राष्ट्र र राजसंस्थावादी दल, संघ संस्थाको आव्हानमा नेपालगन्जमा मोटरसाइकल ¥याली आयोजना गरिएको छ ।
नेपालगन्जको रामलिला मैदानबाट शुरु भएको ¥यालीले नेपालगन्ज बजार परिक्रमा गरेको थियो । ‘नारायणहिटी खाली गर, हाम्रो राजा आउँदैछन्, राजा आउ, देश बचाउ, हाम्रो राजा, हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा–जनता एक होऔं’लगायतका नारा लगाउदै बजार परिक्रमा पछि त्रिभुवनचोकमा कोणसभा गरिएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री एवं आन्दोलन परिचालन किमिटिका संयोजक डा. धवलशमशेर राणाले फाल्गुनभित्र देशका ठूला शहरमा यसप्रकारको प्रदर्शन गर्ने र चैत्रमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने बताए । उनले भने, चैत्रमा हामीले राजावादी, हिन्दुवादी दल, संघ संस्था सबैलाई एक ठाउँमा उभिन आव्हान गर्छौ । त्यसपछि काठमाडौं ठप्प गरेर जनआन्दोलन–३ शुरु गर्छौ ।’
राप्रपाका नेताहरु रविन्द्र मिश्र, दिपकबहादुर सिंह, ज्ञानेन्द्र शाही, सलाउद्दिन जसगढ, राप्रपा नेपालका हिक्मत ढकाल, नेपाल शिवसेनाका किशोर लामाले देशका लागि हिन्दु राष्ट्र र राजसंस्था अपरिहार्य भएकाले सबै एक जुट हुनुपर्ने बताए ।


error: यो सुविधा उपलब्ध छैन !