धम्बाेझीमा प्रथम आन्तरिक भेट्रान ब्याडमिन्टन प्रतियाेगिता सुरु


नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बाेझीमा प्रथम अान्तरिक भेट्रान र खुल्ला ब्याडमिन्टन प्रतियाेगिता सुरु भएकाे छ ।
धम्बाेझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रले अायाेजना गरेकाे प्रतियाेगिताकाे वडाध्यक्ष प्रमाेद रिजालले उद्घाटन गरे ।
केन्द्रका अध्यक्ष जनार्दनरत्न मल्लका अनुसार, ५० वर्षमाथिकाे भेट्रानमा २० र खुल्लामा २६ टीमकाे सहभागिता रहेकाे छ । विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७ हजार, ५ हजार र २ हजार पुरस्कार राखिएकाे छ ।


प्रतियाेगिता २८ गतेसम्म संचालन हुनेछ । केन्द्रमा नियमित प्रशिक्षण गर्ने र वडाका नागरिकलाई प्रतियाेगितामा सहभागी गराइएकाे छ ।
एक कराेड १५ लाख बढीमा बनाइएकाे धम्बाेझीकाे ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा बालबालिकालाई नियमित प्रशिक्षण दिने गरिन्छ । केन्द्रले त्यसका लागि प्रशिक्षक राखेकाे छ । नियमित अभ्यास गर्न अाउनेसंग केन्द्रले थाेरै शुल्क लिने गर्दछ ।


error: यो सुविधा उपलब्ध छैन !