सात महिनापछि हत्या अभियुक्त पक्राउ


नेपालगन्ज – बांके प्रहरीले सात महिनापछि कर्तब्य ज्यानका अभियुक्तलाई पक्राउ गरेकाे छ ।
नेपालगन्ज उपमहानगरवालिका वडा नम्बर ११, टांगास्टेसन नजिक त्यहीका इसाद कवाडियाकाे असार २८ गते राती पाैने ११ बजे खुकुरी प्रहारबाट मृत्यु भएकाे थियाे । उक्त घटनामा संलग्न भनिएका जाजरकाेटका २३ वर्षीय जतगसिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
बांके प्रहरी प्रवक्ता डीएसपी अायुश जाेशीका अनुसार, नेपालगन्जकाे बसपार्कस्थित अछामी गेष्टहाउसबाट ठकुरीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएकाे छ ।
सात महिना अघि टांगास्टेसनमा युवाकाे झगडा भइरहदा छुट्याइदिन गएका कवाडियाकाे खुकुरी लागेर मृत्यु भएकाे थियाे ।


error: यो सुविधा उपलब्ध छैन !