कर्मचारी अान्दाेलनमा भएकै बेला अस्पतालकाे नाम चेन्ज
नेपालगन्ज -लर्ड बुद्व एजुकेशनल एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजकाे नाम परिवर्तन गरिएकाे छ ।
अस्पतालमा तलवलगायत सुविधा बृद्विकाे माग राखेर कर्मचारी अान्दाेलनमा भइरहेकाे बेलामा अस्पतालकाे नाम परिवर्तन गरेर ठूलाे संख्यामा कर्मचारी माग गरिएकाे छ ।
सन्जीवनी कलेज अफ मेडिकल साइन्स नामाकरण गरेर व्यवस्थापनले ८ सय नयां कर्मचारी माग गरेकाे हाे । अान्दाेलनकाे २० अाै दिन अस्पतालकाे नाम नै परिवर्तनकाे बाेर्ड राखिएपछि कर्मचारी उत्तेजित भएका छन् । अान्दाेलन परिचालन कमिटिका संयाेजक सुमन गिरी श्रेष्ठले कर्मचारीकाे मागलाई सम्बाेधन गर्नुकाे सट्टा अस्पताल व्यवस्थापनले नाम परिवर्तन गरेर नयां कर्मचारी माग गरि अान्दाेलनरत कर्मचारीलाई त्रसित बनाउने प्रयास गरेकाे बताइन् ।
मेडिकल कलेजमा तीन हप्तादेखि अान्दाेलन चलिरहेकाे छ । व्यवस्थापन र अान्दाेलनरत कर्मचारीका बीचमा निरन्तर वार्ता हुन सकेकाे छैन । अस्पतालकाे नाम परिवर्तन र नयां कर्मचारी मागले शान्तिपूर्ण अान्दाेलन भड्किने अान्दाेलनकारीकाे चेतावनी रहेकाे छ ।