कुर्मीले दिए मन्त्रीबाट राजीनामा


नेपालगन्ज-लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष कुर्मीले मंगलबार राजीनामा बुझाउनु भएको नेपाली काङ्ग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चाैधरीले बताए ।

बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा (२) बाट विजयी बादशाह कुर्मी साउन ९ गते लुम्बिनी प्रदेशकाे वन तथा वातावरण मन्त्री नियुक्त भएका थिए । मन्त्रीमा नियुक्त भएदेखिनै उनकाे बारेमा मानव अधिकारकर्मीहरुले बिराेध गर्दै आएका थिए ।

आफू माथि लागेकाे आराेपहरुकाे छानबिनकाे लागि मार्गप्रसस्त गर्न मन्त्री पदबाट राजीनामा दिएकाे बताइएको छ ।

नेपालगन्ज उपमहानगरपालिका– १७ परसपुरकी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेर सम्पत्ति हत्याएको आरोपमा लाग्दै आएकाे छ ।

महिला अधिकारकर्मी रुवि खान लगायतले कुर्मीको हत्या प्रकरणमा बादशाहमाथि कारबाहीको माग गर्दै राजधानी केन्द्रीत प्रदर्शन गर्दै आएका छन ।


error: यो सुविधा उपलब्ध छैन !