नेपालगन्ज फुटसलमा बालबालिकालाई फुटबल प्रशिक्षण

नेपालगन्ज – तपाईकाे बालबालिका जतिबेला पनि, जहाँ पनि फुटबल खेल्न दाैडिरहन्छन् ? अनि तपाईलाई चिन्ता भइरहेकाे हुन्छ हाेला, कहाँ गएर चाेट लागेर अाउने हाे ?

नेपालगन्ज फुटसलले याे अवस्थाकाे समाधान अनि चिन्ता दूर  गर्दैछ । अाजै अाफ्नाे बालबालिकाकाे नाम लेखाएर ढुक्क हुनुहाेस् ।

भदाै १ गतेदेखि न्यूराेडकाे कलपतरु हाेटलकाे पारीपट्टी रहेकाे नेपालगन्ज फुटसलमा ६ देखि १३ वर्षका बालबालिकालाई लक्षित गरेर फुटबल प्रशिक्षण शिविर सन्चालन हुँदैछ । एन्फाबाट सर्टिफिकेट लिएका प्रशिक्षकले प्रशिक्षण दिने नेपालगन्ज फुटसलका सन्चालक ज्ञानमणि अधिकारीले जानकारी दिनुभयाे ।

हरेक दिन अपरान्ह ४ देखि ६ बजेसम्म प्रशिक्षण हुनेछ । गाेलकिपरका लागि पनि विशेष प्रशिक्षण दिइने छ ।

भविष्यमा फुटबलर बन्न चाहने बालबालिकालाई विशेष अवसर रहेकाे छ । फुटबल खेल्न रुचाउने अाफ्ना छाेराछाेरीलाई विशेष प्रशिक्षणमा पठाउनु हाेला । स्कुल समयपछि माेबाइलमा भुल्ने बालबालिकाकाे लत छ भने फुटबल प्रशिक्षणमा पठाउदा त्याे लत छुट्न सक्छ । सुरक्षित अनि शान्त वातावरणमा प्रशिक्षण हुनेछ । फिजिकल, ट्याक्टीकल, टेक्निकलसंगै खेल भावनाकाे विकास गरिने छ । प्रशिक्षणले बालबालिकाकाे बाैद्विक विकासमा सहयाेग पुर्याउने सम्बद्वहरु बताउंछन् ।


error: यो सुविधा उपलब्ध छैन !