नेपालगन्ज-११ च्याम्पियन

काेहलपुर – नेपालगन्ज–११ स्पोटिङ क्लब बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन भएको छ । नकआउट प्रतियोगिताको विजेता बन्दै नेपालगन्ज–११ बाँके जिल्ला फुटबल संघको ए डिभिजन क्लबमा प्रवेश गरेको छ ।
बुधबार कोहलपुर स्थित १३ बिगाह फुटबल मैदानमा नेपालगन्ज–११ ले न्यू दर्पण युथ स्पोर्ट्स क्लबलाई ५–० ले पराजित गरेको छ । नेपालगन्ज–११ को जितमा विपिन थापा मगरले २ गोल, सुमित थापा, प्रेम बहादुर सुनार, लक्ष्मण राना मगरले १–१ गोल गरेका थिए । सुमितले ७ मिनेटमा, प्रेमले १८औं मिनेट, लक्ष्मणले ४९औं मिनेट, विपिनले ६२औं र ६८औं मिनेटमा गोल गरे ।
प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई कोहलपुर नगरपालिका उपमेयर संगिता सुवेदी, कोहलपुर नगरपालिका वडा नम्बर १२ अध्यक्ष विरेन्द्र शाह, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाही लगायतले पुरस्कृत गरेका थिए । उपमेयर सुवेदीले कोहलपुरले नगरपालिका खेलकुद क्षेत्रमा लागेका युवाहरुको मनोबल बढाउन विभिन्न योजना बनाएर काम गरिरहेको बताइन् ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताले थुप्रै नयाँ सम्भावना बोकेको खेलाडीहरुको पहिचानमा सहयोग गरेको बताए ।
जेठको १९ गते देखि सुरु भएको प्रतियोगितामा नेपालगन्ज –११ स्पोटिङ क्लब, सिटी युथ क्लब, ई जोन स्पोट्र्स क्लब, न्यू दपर्ण युवा स्पोट्र्स क्लब, न्यू नलेज स्पोट्स क्लब, एफसी संघारी, कञ्चनजंगा भिजन स्पोट्स क्लबको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !