मानव बेचबिखनविरुद्ध भारतमा बैठक
नेपालगञ्ज – भारतको श्रावस्तीस्थित भिंगामा मानव बेचबिखन तथा बाल अधिकार संरक्षणका लागि नेपाल र भारतका सरोकारवालाको बैठक बसेको छ ।
नेपाल र भारतका सरकारी र गैर सरकारी संघ सस्थाका प्रतिनिधि सहभागी रहेको उक्त अन्तरक्रियात्यमक बैठकमा मानव बेचबिखन, वाल श्रम, बालविवाह लगायतका समस्याहरु दुवै देशमा व्याप्त रहेको हुँदा सम्बद्ध सरोकारवालाहरु सशक्त रुपमा क्रियाशील भएर मौजुदा काननु कार्यान्वयनका लागि पहल एवं रोकथाम, उद्धार र पुनस्र्थापनाका लागि समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता गरिएको छ ।
भारत श्रावस्तीका विधायकको तर्फबाट अरमानजीले मानव बेचबिखन तथा ओसार पसार एवं वाल श्रमकोबिरुद्ध सधै लागि रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
आयोजक देहात सस्थाका प्रमुख देबयानी चतुर्वेदीले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै मान बेचबिखन तथा वाल श्रमको अवस्थावारे उल्लेख गर्नुभयो ।
माइती नेपलाका कार्यक्रम संयोजक केशव कोइरालाले नेपाल र भारत दुबै देशले मानव बेचबिखन एवं वाल श्रमका बिरुद्धको केही राम्रा कानुनहरु बनाएको हुँदा यसको प्रभावकारी कार्यान्वयन हुन सके समस्या न्युनिकरण हुदै जाने कुरामा जोड दिनुभयो ।
भारत श्रावस्ती एएचटियुका प्रहरी अधिकृत पंकज कुमार, श्रम अधिकारी दिनेश कुमार, सिडब्लुसीका अध्यक्ष बिश्राम पासवान, एसएसबीका यसपाल, शक्ति समूही निर्मला पौडेल, देहात संस्थाका हसन फिरोज, पत्रकार प्रियब्रत मिश्रा लगायतले आ-आफ्नानो धारण राख्नु भएको थियो ।
उक्त बैठकमा उठेका सवालहरु समेतलाई समाबेश हुने गरि केही दिनमा नै नै नेपालमा नेपाल र भारतका सरकारी र गैर सरकारी संघ सस्था समेतको सहभागितामा अन्तर देशिय कार्यशाला गोष्ठीको आयोजना गर्ने तयारी गरिएको छ ।