माेटरसाइकल चाेरी अाराेपमा दुई जना पक्राउ


नेपालगञ्ज – बांके प्रहरीले माेटरसाइकल चाेरी अाराेपमा दुई जनालाई पक्राउ गरेकाे छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का अजयसिंह बाडिया र वडा नम्बर ९ का रमेश भन्ने हरि सुनारलाई प्रहरीले माेटरसाइकल चाेरी अाराेपमा पक्राउ गरेकाे हाे ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का अतहर हुसेन फारुकीकाे दुई दिन अघि चाेरी भएकाे माेटरसाइकललाई रंग परिवर्तन गरेकाे अवस्थामा प्रहरीले बरामद गरेकाे छ । कारकादाेकाे जनता ग्यारेज अगाडिबाट उनीहरुलाई पक्राउ गरिएकाे बांके प्रहरीले बताएकाे छ ।
पछिल्लाे समयमा माेटरसाइकल चाेरी बढेपछि प्रहरीकाे टाउकाे दुखाईकाे विषय बनेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !