ट्यांकरकाे ठक्करबाट एककाे मृत्यु
नेपालगञ्ज – नेपालगञ्जमा ट्यांकरले ठक्कर दिदा एक जनाकाे मृत्यु भएकाे छ ।
ना ३ ख ८८५२ नम्बरकाे ट्यांकरले भे ११ प ७६५७ नम्बरकाे माेटरसाइकललाई ठक्कर दिदा माेटरसाइकलमा सवार १७ वर्षकी सालिनी पाठककाे मृत्यु भएकाे हाे । बुवाले चलाएकाे माेटरसाइकलमा पछि बसेकी नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ कि पाठककाे उपचारकाे लागि अस्पताल पुर्याउने बित्तिकै मृत्यु भएकाे थियाे । घाइते रहेका सालिनीकाे बुवा सामान्य छन् ।
धम्बाेझीचाेक नजिक सेतुबिक चाेकतिर जाने माेड नजिक दुर्घटना भएकाे थियाे । प्रहरीले ट्यांकर र त्यसका चालकलाई नियन्त्रणमा लिएकाे छ ।