६५ ग्राम ब्राउनसुगरसहित दुई पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले ६५ ग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नेपालगञ्ज र कोहलपुरबाट दुई जनालाई ६५ ग्राम १६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
लागु औषध नियन्त्रण ब्यूरो र वडा प्रहरी कार्यालय, नेपालगञ्जको टोलीले बालेगाउँबाट बाबुगाउँतर्फ आउदै गरेका डुडुवा गाउँपालिका वडा नं. ६ का २८ वर्षीय उदयराज मौर्यलाई ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । मौर्यले पाइन्टको खल्तीमा ब्राउनसुगर राखेका थिए । प्रहरी टोलीले शंका लागेर मौर्यलाई जाँच गरेको थियो ।
त्यस्तै, कोहलपुर नगरपालिका वडा नं. १, कौशिलानगरबाट प्रहरीले प्रकाश विकलाई १५ ग्राम १६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने विशेष सूचना पाएर गएको टोलीले विकको कोठामा खानतलासी गर्दा ब्राउनसुगर बरामद गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !