बकर ईदमा सामुहिक नमाज

नेपालगञ्ज – मुस्लिम धर्मावलम्बीकाे ठूलाेमध्येकाे पर्व बकर ईदमा सामुहिक नमाज पढिएकाे छ ।

नेपालगञ्जकाे वीपीचाेकस्थित मस्जिदमा सामुहिक नमाज पढिएकाे हाे । यहाँ सबै पर्वमा सामुहिक नमाज पढ्ने गरिन्छ ।

नेपालगञ्ज अासपासबाट अाएका ठूलाे संख्याले सामुहिक नमाज पढ्दा भित्र नअटेर बाटाेमा समेत बस्ने गर्दछन् । रमजानकाे ७० दिनमा पर्ने बकर ईदमा बली दिने गरिन्छ । बली दिएकाे मासुलाई तीन भाग बनाएर एक भाग गरीव, विपन्न अर्काे भाग अाफन्ती र तेस्राे भाग अाफूले खाने गर्दछन् ।

बिहान सामुहिक नमाज पढेपछि एक अर्कामा अंगालाे हालेर शुभकामना साटासाट गरिएकाे छ । यसरी शुभकामना दिन नेपालगञ्जका मेयर प्रशान्त विष्टलगायत नेताहरु वीपीचाेक पुगेका थिए ।

सरकारले बकर ईदमा अाज सार्वजनिक  बिदा दिएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !