पाैडी खेल्दा डुबेर दुई जनाकाे मृत्यु

नेपालगञ्ज – बांके र बर्दियाकाे सीमानामा पर्ने मानखाेलामा डुबेर दुई जनाकाे मृत्यु भएकाे छ ।

खाेलामा पाैडी खेल्न गएका बांके खजुरा गाउंपालिका वडा नम्बर ६, पुरैनाका १८ वर्षीया लक्ष्मी डांगी र ९ वर्षका किरण नेपालीकाे डुबेर मृत्यु भएकाे हाे ।

चार जना मिलेर खाेलामा पाैडी खेल्न गएका थिए । दुई जना डुबेपछि घरपरिवार र प्रहरीलाई खबर गरिएकाे थियाे । ईलाका प्रहरी कार्यालय, धनाैलीका ईन्चार्ज सन्दिप बेल्वासेका अनुसार, लक्ष्मीकाे शब केहीबेर मै भेटिएकाे थियाे भने किरणकाे शब दुई घण्टापछि भेटिएकाे थियाे । दुवैकाे शबलाई पाेष्टमाटमका लागि भेरी अस्पतालमा पठाइएकाे छ ।

अत्याधिक गर्मी रहेकाले बालबालिका खाेलानालामा पाैडी खेल्न जाने गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !