१५६ काेराेना, ११ मलेरिया र २ जनाकाे टीबी जांच

नेपालगञ्ज – नेपालगञ्ज नाकामा काेराेनासंगै मलेरिया र टीबीकाे जाँच हुने गरेकाे छ ।

भारतबाट अाएका नेपालीलाई नाकामा काेराेना, मलेरिया र टीबी जाँच हुने गरेकाे हाे ।

अाइतबार नाकामा १ सय ५६ जनाकाे काेराेना जाँच भएकाे  छ । त्यसमा ४ जनालाई काेराेना देखिएकाे छ । याे नाकामा पछिल्लाे दिनमा दैनिक अाधा दर्जन संक्रमित देखा परिरहेका छन् ।

यस्तै, ११ जनाकाे मलेरिया जाँच भएकाे छ । काेही पनि विरामी भेटिएनन् । २ जनाकाे टीबी जाँच भएकाे छ । उनीहरु विरामी थिएनन् ।

सरकारले भारतबाट अाउने नेपालीलाई यी तीन संक्रमणकाे जाँच गर्न नाकामा हेल्थडेस्क स्थापना गरेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !