न्यू दर्पणलाई उपाधी

खजुरा – खजुरा गाउँपालिका वडा नं. ३, धौलागिरीमा हिमालय सामुदायिक क्लवद्वारा आयोजित डम्बर रानाभाट स्मृती कप फुटबल प्रतियोगिता २०७९ को उपाधी न्यू दर्पण युवा क्लव, इ गाउँले हात पारेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा दर्पण युवा क्लवले न्यू डाँफे युवा क्लव, डीगाउंलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो ।

न्यू दर्पणका तर्फबाट खेलको ३५ र ३६ मिनेटमा विमल बस्नेत र ७० मिनेटमा ईश्वर श्रेष्ठले गोल गरेका थिए भने न्यू डाँफेका तर्फबाट ७४ मिनेटमा खेमबहादुर थापाले १ गोल गरेका थिए। प्रतियोगितामा विजेता टीमले ५१ हजार १५१ र उपविजेताले २५ हजार १५१ पुरस्कर तथा ट्रफी प्राप्त गरेका छ्न ।

क्लवका अध्यक्ष किरण थापा, खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, उपाध्यक्ष मन्जु मल्ल, वडा नं. ३ का अध्यक्ष पूर्णबहादुर भन्डारी, ४ का अध्यक्ष टेकबहादुर रोकाय, वडा नं. ३ का सदस्य देउमाया थापा, डम्बर रानाभाटका माता पिता उजेली रानाभाट, बमबहादुर रानाभाट, खजुरा गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष छवि बिष्ट, सदस्य सलिल खड्का, नेरा प्राविका प्रअ रुद्र रानाभाट लागायतले पुरस्कार ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा १६ वटा टीमले सहभागिता जनाएको क्लवका सल्लाहकार देव कुँवरले जानकारी दिँदै खेल व्यवस्थापनमा सहयोगमा पुर्याउने दाताहरूलाई सम्मान गरिएको बताए ।

खजुरा गाउँपालिकाले खेलकुदको क्षेत्र प्राथमिकतामा राखिएको जनाएको छ । यसअघि क्लवले भलिबल प्रतियोगिता र थुप्रै पटक अन्य प्रतियोगिता गर्नुका साथै सामाजिक र श्रजनात्मक काम गर्दै आएको सल्लाहकार कुंवरले बताए ।

क्लवका अध्यक्ष किरण थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव जीवन कार्कीले गरेका थिए । खजुरा गाउँपालिकालाई खेलकुदको हब बनाउने पालिकाको लक्ष्यमा क्लवले साथ दिने प्रतिबद्धता जनाएको छ । क्लवले फुटबल प्रशिक्षक सानु तामाङको प्राविधिक टीमलाई खेल सम्पन्न गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान सहित आभार प्रकट गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !