नेपालगञ्जमा दुई दिने साइन्स फेस्टिबल शुरु

नेपालगञ्ज – नेपालगञ्जमा दुई दिने हिमालयन साइन्स फेस्टिबल शुरु भएको छ ।

हिमालयन साइन्स फाउण्डेसनले नेपालगञ्ज रंगशालामा आयोजना गरेको साइन्स फेस्टिबलको सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गर्नुभयो ।

सो अवसरमा मन्त्री शर्माले प्रविधि ऐन बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले देशको विकास र समृद्धि प्रविधिको विकासबाट सम्भव भएका बताउदै प्रविधिमा उल्लेख्य भूमिका खेल्नेलाई राज्यले पुरस्कृत गर्नुपर्ने बताउनुभयो ।

दुई दिने फेस्टिबलमा बाँकेका ३० बढी स्कूल सहभागी छन् । विद्यार्थीले आफूले जानेको र बनाएको उपकरणहरु फेस्टिबलमा प्रदर्शन गरेका छन् ।

उद्घाटन समारोहमा हिमालयन साइन्स फाउण्डेसनका अध्यक्ष आतंक बस्नेत, प्याब्सन बाँकेका अध्यक्ष यमबहादुर रावत, प्याब्सन नेपालगञ्जका अध्यक्ष विकास बज्राचार्यलगायतले यसप्रकारको प्रदर्शनीले विद्यार्थीको अतिरिक्त विकास हुने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !