लघु वित्तीय संस्थाको सडकमा सुतेर विरोध
नेपालगञ्ज – लघु वित्तीय संस्थाविरुद्धको संघर्ष समितिले बाँकेको कोहलपुरमा प्रदर्शन गरेका छन् ।
समितिसम्बद्धले लघु वित्तीय संस्थाविरुद्ध कोहलपुरमा ¥याली निकाल्नुका साथै सडकमा सुतेर विरोध गरेका हुन् ।
संघर्ष समितिले विभिन्न ५ बुँदे माग अघि सारेको छ । समितिले अघि सारेको मागमा नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्नुपर्ने, लघु वित्तीय संस्थाद्वारा लगाइएको सामुहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताका आधारमा काम र दामको व्यवस्था गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने रहेका छन् ।
गाउँगाउँबाट आएका मानिसले ‘बाँचौ, बचाऔं र अघि बढौं,’ ‘लघुवित्तीय संस्थाको ज्यादतिविरुद्ध एकजुट हौ’, भन्ने नारा अघि सारेका छन् ।