‘थोपा’ नेपालगञ्जको गुणस्तरीय प्रयोगशाला

नेपालगञ्ज – नेपालगञ्जमा अत्याधुनिक प्रयोगशाला `थोपा प्रयोगशाला´ सञ्चालनमा आएको छ ।
सामान्य परीक्षणका लागि काठमाडौंलगायत भारतका विभिन्न सहरको भर पर्नुपर्ने बाध्यता अन्त्य गर्न र उच्च स्तरीय प्रयोगशाला सेवाको विकास गर्न थोपा सञ्चालनमा ल्याइएको यसका सञ्चालक सुलभ आचार्यले जानकारी दिए ।
“नेपालगञ्ज मेडिकल हवका रुपमा चिनिए पनि सामान्य जाँचहरुसम्म पनि यहाँ सम्भव नहुँदा बिरामीहरु सास्ती खेप्न बाध्य छन्,” उनले भने,”यो समस्यालाई चिर्न थोपा प्रयोगशाला सञ्चालनमा ल्याएका हौं ।”
थोपाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट `बि´ वर्गको मान्यता लिएर सेवा दिइरहको छ । प्रयोगशालाले अहिले विश्वकै सबैभन्दा आधुनिक टेक्नोलोजी इक्लियाबाट Thyroid Function,Tumor Marker,Fertility\ Hormone Test, Infectious Disease, Anemia Test, एलर्जीको लागि IgE परीक्षण गरिरहको जनाएको छ ।
“सैबजसो उपकरणहरु USFDA मान्यता प्राप्त छन्,” सञ्चालक आचार्यले भने, “यी सबै उपकरणहरुको Precision बढि भएकाले रिर्पोटको एक्कुरेसी बढी रहन्छ ।” यस्तै HbA1c टेष्टको Gold Standard Technology HPLC र अरु Haemoglobinopathy (सिकलसेल, थ्यालेसिमिया ) समेत HPLC बाट भइरहको प्रयोगशालाका इन्चार्ज आकाश मिश्रले जानकारी दिए ।
प्रयोगशालामा Biochemistry को सबै जाँचहरु Full Automation विधिबाट भइरहको मिश्रले बताए । प्रयोगशालामा बाथरोग सम्बन्धिका जाँचहरु ( RF, CRP, Anti- CCP ) साथै PBS, Pap Smear Test, FNAC समेत भइरहेको बताइएको छ । प्रयोगशाला इन्चार्ज मिश्रका अनुसार, थोपामा माइक्रोबायोलोजीको कल्र्चर, एन्टिबायोटिक सेन्सिटीभीटी टेष्ट पनि गरिन्छ । नेपालगञ्ज १० स्थित गणेशमान चोकदेखि भेरी अस्पताल जाने बाटोमा रहेको थोपा भवनबाट सेवा दिइरहेको प्रयोगशालाले भविष्यमा थप अत्याधुनिक उपकरणहरुबाट आवश्यक सेवाहरु दिँदै जाने लक्ष्य बोकेको छ ।
प्रयोगशालामा लामो समय कार्य अनुभव सँगालेका दक्ष प्रयोगशालाकर्मीहरु रहेका छन् । प्योथोलोजिष्ट, भाइरोलोजिष्ट, माइक्रोबायोलोजिष्ट, बायोक्यामिस्ट लगायत अन्य टेक्निसियनहरुको टिमले यस क्षेत्रमै गुणस्तरीय सेवा दिन निरन्तर मेहनत गरिरहेको जानकारी गराउँदै यसका सञ्चालक आचार्यले प्रयोगशाला जाँचका लागि थोपासँग सहकार्य गर्न सबैमा आग्रह गरेका छन् । सेवा सुरुवातका दिनमा अहिले थोपा प्रयोगशालाले विभिन्न प्याकेज र सदस्यताको स्किम ल्याएको छ ।

error: यो सुविधा उपलब्ध छैन !