नेपालगञ्ज नाकामा देखियो कोरोना

फाइल तस्बिर ।

नेपालगञ्ज – नेपालगञ्ज नाकामा एक जनालाई कोरोना देखिएको छ ।

भारतको सिमलाबाट आएकी जाजरकोटकी ३० वर्षीया महिलालाई कोरोना देखिएको नाकामा रहेको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिनुभयो । ५५ जनाको जाँच गर्ने क्रममा एक जनालाई कोरोना देखिएको थियो ।

नेपालगञ्ज नाकामा बिहीबारदेखि नै कोरोना जाँच शुरु गरिएको छ । असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो ।

दुवै छिमेकी देश भारत र चीनमा कोरोनाका संक्रमण देखिन थालेपछि नाकामा फेरि कडाई शुरु गरिएको छ । कोरोना देखिएकी महिलालाई सम्झाएर घर पठाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !