नगरलाई हरियाली र सफा गराउने बैश्यको उद्घोष

नेपालगञ्ज – राप्रपाबाट नेपालगञ्जको मेयरको उम्मेदवार नन्दलाल बैश्यले नगरलाई हरियाली र सफा शहर बनाउने उद्घोष गरेका छन् ।

बैश्यले नगरको बाटो छेउछाउ र सरकारी जग्गा पहिचान गरि बृक्षरोपण गर्ने बताउनुभयो । नगरको सुर्खेतरोडको सौन्दर्यकरणका लागि बाटोको विचभागमा फुुलहरुलार्इृ स्यहारसुसार गर्ने र नयाँ आकर्षक फुलहरु रोपेर हरियालीमय बनाउने बैश्यको प्रतिबद्धता रहेको छ । नेपालगञ्जको फोहोर समयमा उठाउने र छिटो छरिटो व्यवस्थापन गर्ने बताउनुभयो ।

बैश्यले नेपालगञ्ज उपहानगरपालिकाको वडा नं. १८ मा घरदैलो गर्दै कोण सभा गरेका थिए । विहानदेखि वडा नं. १८ को वडाको टोल टोलमा गएर बृद्धाबृद्धसँग भेट गरेर बैश्यले आफ्ना प्रतिबद्धताहरुबारेमा जानकारी दिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !