होसमा आउदा सिक्री गायब !

नेपालगञ्ज – खजुराका यमबहादुर रावल स्कुटी दुर्घटनामा परे । बिहीबार दिउँसो १२.५० बजे रावललाई नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि ल्याइयो ।

टाउकोमा चोट लागेका रावलको घाटीमा दुई तोलाको सिक्री थियो । रावल होसमा हुँदा सिक्री घाँटीमै थियो । रावलको निधारमा टाँका मार्नु पर्ने भयो । त्यसक्रममा रावल बेहोस् भए । पछि होसमा आउदा रावलको घाटीमा सिक्री थिएन ।

घाइते र उनका आफन्ती, साथीभाइले अस्पतालमा केहीबेर होहल्ला गरे । प्रहरी आइपुग्यो । प्रहरीले टाँका लगाउदाका कर्मचारी घर गइसकेकाले भोली शुक्रबार सोधपुछ गर्ने र नभेटिएमा मुद्दामामलामा जान सुझाव दिएको छ । त्यसकुरालाई पीडित पक्षले मानेका छन् ।

अस्पतालभित्र आइसकेपछि होसमा हुँदासम्म घाँटीमा रहेको सिक्री बेहोस हुँदा कसले तान्यो ? टाँका लगाउने कर्मचारीले लगे वा अरु कसैले ? अनुसन्धानको विषय बनेको छ ।


error: यो सुविधा उपलब्ध छैन !