भेरीमा बर्दियाका संक्रमितको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा बर्दियाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, बर्दिया मधुवन नगरपालिका वडा नं. ५ का ४४ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो ।
भदौ २१ गते बर्दियामा पीसीआर गरिएका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो । आज विहान ७.४५ बजे उनको मृत्यु भयो ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ४ सय १५ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !