बाँकेमा २९ जना थपिए

नेपालगञ्ज – बाँकेमा सोमबार २९ जनामा कोरोना देखिएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा २७ र बागेश्वरी ल्याबमा २ जनामा कोरोना पुष्टि भएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
सोमबार कोरोना देखिनेमा चिकित्सक, ल्याबकर्मी, यसअघि कोरोना देखिएका व्यक्तिका परिवार रहेका छन् ।
२९ जनामा नेपालगञ्ज, कोहलपुर र खजुराका बराबरीजस्तै संख्या छन् । खजुरा सात जना, सात जना कोहलपुर र बाँकी नेपालगञ्जका छन् ।
यो सँगै बाँकेमा एक हजार ४ सय ६९ जना संक्रमित पुगेका छन् । त्यसमा एक हजार ३६ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !