मालपोत कर्मचारीसहित ४० थपिए

नेपालगञ्ज – बाँकेमा ४० जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जमा ३५ र बागेश्वरी ल्याबमा ५ जनामा कोरोना पुष्टि भएको हो । भेरीले एक दिन बिराएर सार्वजनिक गरेको विवरणमा मालपोत कार्यालयका आठ जनासहित ३५ जना रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले आजको समेत गरेर बाँकेमा कोरोना संक्रमितको संख्या एक हजार चार सय चार जना पुगेको जानकारी दिनुभयो । त्यसमा नौ सय ८५ जना डिस्चार्ज भइसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !