१३ वर्षीया बालिका किन झुण्डिइन् ?

नेपालगञ्ज – नेपालगञ्जमा १३ वर्षीया बालिका रुखमा झुण्डिएको अवस्थामा फेला परेकी छन् ।
नेपालगञ्ज–१९, बसुदेवपुरमा प्रहरी हवल्दारको घरमा काम गर्ने बाजुराकी १३ वर्षीया बालिका रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । गएराती नौ बजेतिर घर परिसरकै बगेनाको रुखमा बालिका झुण्डिएकी थिइन् । विगत ५ वर्षदेखि प्रहरी हवल्दारद्वय रुस्कल शाही र शान्ता मल्लको घरमा बालिकाले काम गरिरहेको बुझिएको छ ।
गएराती खाना खाइसकेपछि बालिका हराएकी थिइन् । धेरैबेरसम्म नदेखिएपछि उनको खोजी शुरु गरिएको थियो । बाहिरको बत्ती बालेर यताउता हेर्दा रुखमा झुण्डिएको अवस्थामा देखिएको घटनास्थल पुगेको प्रहरीलाई जानकारी दिइएको छ ।
बालिकाको शवलाई नर्सिङहोम नेपालगञ्जको फ्रिजमा राखिएको छ । उनको घरपरिवारलाई बोलाइएको छ । घरपरिवार आएपछि पोष्टमार्टम गर्ने प्रहरीले जनाएको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले पोष्टमार्टम रिपोर्ट आएपछि हत्या कि आत्महत्या थाहा हुने बताउनुभयो ।
नेपालको कानून अनुसार, बालश्रमिक राख्द पाइदैन । प्रहरी हवल्दारद्वयले पढाई दिदै घरमा राखेको जिकिर गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !