निकुञ्जमा थपियो दुई वटा हात्ती

नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जमा दुई वटा हात्ती थपिएको छ ।
निकुञ्जमा हात्ती सफारीको चाप बढेपछि दुई वटा हात्ती थपिएको हो । अब निकुञ्जमा ६ वटा हात्ती पुगेका छन् ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले चितवन कसराबाट दुई वटा हात्ती ल्याएको जानकारी दिनुभयो । नेपाल भ्रमणमा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारी गरेर उद्घाटन गरेपछि पर्यटकको संख्या बढिरहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले निकुञ्जमा पर्यटकको संख्या बढेपछि हात्ती अपुग भएकाले चितवनबाट दुई वटा ल्याएको बताउनुभयो ।
प्रमुख संरक्षण अधिकृत भट्टराईले हात्ती थपिदा पर्यटकलाई सफारीसँगै गस्तीमा पनि सहज भएको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !